आफ्नै समूहबाट ओली –नेपाल अप्ठेरोमा
नेपालबहस संवाददाता
साउन ११, २०७८ सोमबार १७:१७:३
११ साउन, काठमाडौं । पार्टी एकता जोगाउन नेकपा एमालेका दोस्रो तहका नेता र सांसदहरु एकसाथ सक्रिय भएसँगै पार्टीका अध्यक्ष केपी ओली र माधव नेपाल अप्ठ्यारोमा परेका छन् ।
जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति गरेपछि विघटित कार्यदलका सदस्यहरुसहित सांसदहरुले पार्टी एकता कायम गर्न दवाव दिएपछि दुवै नेता अप्ठ्यारोमा परेका हुन् । उनीहरुले कुनै पनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्दै दवाव समूह बनाएर ओली नेपाल दुवैलाई दवाव दिन थालेका छन् ।
आइतवार दिउँसो १ बजे सिंहदरबारमा बसेर उनीहरुले छलफल मात्रै गरेनन पार्टी विभाजन रोक्नका लागि आईपर्ने सबै खाले व्यवधान चिर्ने प्रण समेत गरेका छन् । सांसद दीपकप्रकाश भट्टका अनुसार धेरै भन्दा धेरै सांसदलाई यो अभियानमा जुटाउने र विस्तारै केन्द्रीय सदस्यहरुलाई पनि सहभागी गराउने बताए ।
उनीहरुले आइतबार दिउँसो कार्यदल सदस्यहरुसँग छलफलका लागि ३५ सांसद सिंहदरबारस्थित कृषि समितिको हलमा पुगेर छलफल गरेका थिए । उनीहरुबीच १० बुँदे सहमतिमा टेकेर पार्टी एकता बचाउन छलफल भएको थियो । ‘यो बैठकमा एमाले एकतामा देखिएको गतिरोधबारे कुराकानी भयो, यसबारे सांसदहरुले कार्यदल सदस्यहरुसँग जिज्ञासा पनि राखेका थिए’ उनले भने ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा बनेको कार्यदलले १० बुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएको थियो । उक्त सहमतिलाई एमालेले अनुमोदन गरेको छ भने नेता नेपालले अझै सहमति जनाइसकेका छैनन् ।
पछिल्लो समय एमालेका दुवै समुहका सांसदहरु एकता बचाउन जुटेका थिए । ओली पक्षीय सांसदहरु कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी यसमा सक्रिय छन । अर्कातिर माधव नेपाल पक्षीय यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगाय सांसदहरुले पनि दबाब बढाउँदै गर्दा कार्यदलसँग छलफल गरेका हुन् ।
विहिबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकबाट विघटित कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए । उता नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए । उनीहरुले पार्टी एकता जोगाउनका लागि सबैले दबाब दिनुपर्ने भन्दै सांसदहरुले पनि दबाब समूह बनाएकोमा धन्यवाद दिएका थिए ।
सिंहदरवारमा छलफल सकिएपछि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आइतबार साँझ माधव नेपाललाई भेटेर पार्टी विभाजन रोक्न दबाब दिएका थिए । उनीहरुले पार्टी विभाजन भए आफूहरुको साथ नहुने भन्दै नेपाललाई दबाब दिएका थिए भने ओली पक्षका नेताहरुले पनि आइतबार साँझ वालकोट पुगेर आइतबार दिउँसो भएको छलफलबारे ओलीलाई जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार