११ आश्विन २०७८, सोमबार

ऐन विपरित बीमा गर्ने/गराउनेलाई कारवाही गर्ने बीमा समितिको चेतावनी

प्रकाशित मिति :  ११ श्रावण २०७८, सोमबार १३:०६


११ साउन, काठमाडौं । ऐन विपरित बीमा गर्ने/गराउनेलाई बीमा समितिले कारवाही गर्ने चेतावनी दिएको छ । समितिले सोमबार सूचना जारी गर्दे बीमा ऐन विपरित उधारो बीमा गर्ने वा गराउनेहरुलाई कानुन बमोजिक कारवाही गर्ने जनाएको हो ।

समितिले बीमा ऐन २०४९ को दफ २७ विपरित उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम बीमकको बैंक खातामा प्राप्त नभइकन बीमालेख जारी गर्ने कार्य नगर्नर नगराउन बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ ।

बीमा समितिको निर्देशन विपरित बीमा गर्नेरगराउने कार्य भए गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने समितिले जनाएको छ ।

बीमा ऐन २०४९ को दफ २७ मा ुकुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्रहण गरे वापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्रै बीमा गरेको मानिने छु भन्ने व्यवस्था उल्लेख छ ।

त्यस अनुसार समितिले बीमाशुल्क रकम सम्बन्धित बीमा कम्पनीको बैंक खातामा आएपछि मात्रै बीमालेख जारी गर्न निर्देशन दिएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा