छ महिनाअघि हराएका बालबालिकाको उद्धार
नेपालबहस संवाददाता
साउन ११, २०७८ सोमबार २१:४१:४५
११ साउन, राँझा । बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ । बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरेर ल्याइएको र आजै परिवारको जिम्मा लगाइने वडाध्यक्ष तीर्थराम थारुले जानकारी दिए ।
उनीहरुसँगै बैतडी र दाङका एकएक बालक पनि सोही बालगृहमा भेटिएको बताइएको छ । हराएका तीन बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिया हुँदै भारतीय ट्रकमा बरेली पुगेका थिए । बरेली पुग्नुभन्दा दुईतीन किलोमिटर वरै ट्रकले झारिदिएकाले अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर मञ्चको जिम्मा लगाएको थियो ।साथीहरुको लहलहैमा घर छाडेर जोखिमपूर्ण यात्रा गर्दै भारत पुगेका बालबालिका त्यहाँका विभिन्न शहरमा अलपत्र पर्ने गरेको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार