७ आश्विन २०७८, बिहीबार

राष्ट्र बैंकको नयाँ निर्देशनः लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाई

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार १०:५३


१२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांश वितरणमा कडाई गरेको छ । बैंकले सोमबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा नियन्त्रण गरेको हो ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नको लागि थप व्यवस्था गरेको छ । बैंकको निर्देशन अनुसार अब लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक २० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्नु परेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यस्तै लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्न पाउने व्यवस्था गरेको छ । तर,यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम बचतरनिक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेका छ ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्तापुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने पनि राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा