कारितासद्वारा मेची प्रादेशिक अस्पताललाई सहयोग
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार १७:१६:२२
१२ साउन, काठमाडौं । मेची प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले १६ लाखभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्री सोमबार अस्पताललाई दोस्रोपटक प्रदान गरिएको हो । दोस्रो लहरको सङ्क्रमण फैलिएयता कारितासले जर्मन कारितासको आर्थिक सहयोगमा ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री यसअघि नै अस्पताललाई प्रदान गरेको थियो ।
कारितासले यसपटक दुई लाख १० हजार मूल्य बराबरको १० थान अक्सिजन सिलिण्डर, रु पाँच लाख ८० हजार मूल्य बराबरको चार थान अक्सिजन कन्सन्ट्रेटर, रु चार लाख ९५ हजार ७८८ मूल्य बराबरको ४५० सेट पिपिइ, रु एक लाख ३२ हजार मूल्यको १०० बट्टा सर्जिकल पञ्जा, रु ६४ हजार १५ मूल्यको ५१५ बट्टा सर्जिकल मास्क, रु ४९ हजार ९४६ मूल्य बराबरको ३४ थान अक्सोमिटर, रु ४५ हजार ८७ मूल्य बराबरको २१० बट्टा स्यानिटाइजर र रु २४ हजार ९९० मूल्य बराबरको भेन्चुरी मास्क अस्पताललाई प्रदान गरिएकोे संस्थाका कर्मचारी गोविन्दराज कट्टेलले बताए ।
अस्पतालको कोभिड वार्ड परिसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा टङ्कप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएको, सङ्क्रमणदर तीव्र हुँदा र अस्पताल जानुपर्ने बिरामीको सङ्ख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकाले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताए ।
कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पताल नजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड–१९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेशन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गरेको पोखरेलको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार