११ आश्विन २०७८, सोमबार

भारत र श्रीलंकाबीचको दोस्रो म्याच आज, यस्तो छ सम्भावित–११

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार १६:२१


१२ साउन, काठमाडौं । भारत र श्रीलंकाबीचको टी–२० सिरिजअन्तर्गतको दोस्रो म्याच आज हुँदैछ। दोस्रो खेल पनि नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि कोलम्बोमा सुरु हुनेछ।

तीन म्याचको सिरिजमा भारत १–० ले अगाडि रहेको छ। भारत आज दोस्रो म्याचमा जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो बनाउने लक्ष्यमा हुनेछ।

यता घरेलु टोली श्रीलंका भने सिरिज जोउन आजको म्याच जित्नैपर्ने दबाबमा रहेको छ। श्रीलंका सिरिजमा उत्कृष्ट कमब्याक गर्दै आजको म्याच जित्न चाहान्छ।

भारतले आज पनि अघिल्लो म्याचकै प्लेइङ–११ लाई निरन्तरता दिने सम्भावना छ। श्रीलंकाले भने प्लेइङ–११ मा केही परिवर्तन हुन सक्छ।

श्रीलंकाको सम्भावित प्लेइङ–११

अभिष्का फर्नांडो, मिनोद भानुका (विकेटकीपर), सदिरा समाराविक्रम, धनन्जय डि सिल्वा, आशेन भन्डारा, दासुन शनाका (कप्तान), वनिन्दु हसारंगा, चमिका करुणारत्ने, ईसुरु उडाना, दुश्मन्था चामेरा र अकिला धनन्जय।

भारतको सम्भावित प्लेइङ–११

पृथ्वी शा, शिखर धवन (कप्तान), सञ्जु सामसन, सूर्यकुमार यादव, ईशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, भुवनेश्वर कुमार, दीपक चहर, युजवेन्द्र चहल र वरुण चक्रवर्ती।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा