आध्यात्मिक अनुसन्धान केन्द्रमा गुरु पुर्णिमा
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार २३:२४:५६
१२ साउन, काठमाडौं । मानव सृष्टिको शुभारम्भदेखि नै गुरु र शिष्यको अन्योन्याश्रित सम्बन्ध रहि आएको छ । बिना गुरु ज्ञान प्राप्त गर्ने परिकल्पना समेत गर्न सकिदैन् । धार्मिक, आध्यात्मिक, व्यवहारिक, सीपमुलक ज्ञान मात्र हैन, ठुलाठुला आविष्कार र अन्वेषण पनि गुरुमार्फत नै ज्ञानको उचाईमा पुगिने कुरालाई हाम्रो पुर्वीय समाजले अझ धेरै महत्वकासाथ लिने गरेको देखिन्छ । समाजलाई नियन्त्रण र अनुशासनमा राख्नलाई धार्मिक गुरुहरु, मुन्सी र गाउँ मुखियाहरुले पनि उत्तिकै योगदान पुर्याईरहेका हुन्छन् ।
गत ९ गतेको गुरु पुर्णिमामा पनि यस्तै अवसर प्राप्त भयो । दमकका शैक्षिक क्षेत्रका मुर्धन्य व्यक्तित्व दमक बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख मोहन भण्डारीले सञ्चालन गरिरहेको आध्यात्मिक अनुसन्धान केन्द्रमा गहन छलफल भएको छ । अध्ययनको क्रममा वनारसमा बस्दा लामो समयसम्म विश्वेश्वरप्रसाद कोइरालाको सामिप्यमा रहेर समाजवादको अध्ययन गरेका समाजवादी चिन्तक पुर्व प्राध्यापक भण्डारीले आफ्नो जीवनको उत्तरार्धमा बेद आश्रम र पुर्वीय हिन्दू धर्मको ज्ञानको उदगम श्रोत बेदभित्र के छ ? भनेर अनुसन्धान गरिरहेको बताएका छन् ।
प्रायजसो बौद्धिक व्यक्तित्वहरु आफ्नो रिटायर्ड जीवन घरमै र अनुत्पादक क्षेत्रमै बिताउने गरेको परिप्रेक्ष्यमा मोहन भण्डारीको यस्तो साहसिक कामको अहिले देश विदेशमा समेत चर्चा हुने गरेको पाईएको छ । झन्डै ६ बिघा जग्गामा फैलिएको उक्त अनुसन्धान केन्द्रमा अहिले झण्डै २० जना बटुकहरु अध्ययन गरिरहेका छन् । विश्वकै सबैभन्दा पुरानो ग्रन्थ बेदलाई संस्कृत र अंग्रेजी दुवै भाषामा पढाईने गरिएको बताउने समाजवादी चिन्तक भण्डारीले आश्रममा आएर हौसला प्रदान गरेकोमा सबैलाई साधुवाद दिएका थिए ।
आध्यात्मिक चिन्तक प्राध्यापक भण्डारीलाई भेटन नेपाल बिधार्थी संघका पुर्व जिल्ला सभापति तथा कांग्रेस दमकका नगर सभापतिका दावेदार पर्शुराम रिजाल, नेपाली कांग्रेस सहकारी विभागका केन्द्रीय सदस्य तथा प्रदेश न १ का संयोजक चन्द्राकुमारी खडका भट्टराई, नेपाली कांग्रेस दमक बडा न ५ का सभापति तथा तरुण दलका महाधिवेशन प्रतिनिधि राजु राउत, गोर्खा स्पोटिङ क्लबका अध्यक्ष बिजय राई तथा राजनीतिक बिश्लेषक, लेखक,पत्रकार यज्ञप्रसाद भट्टराई लगायतले गुरु मोहन भण्डारीबाट आशिर्वाद ग्रहण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार