नेपालको नयाँ शर्तः पार्टी सञ्चालनका लागि सचिवालय गठन
नेपालबहस संवाददाता
साउन १३, २०७८ बुधबार १६:३१:३४
१३ साउन, काठमाडौं । सत्ताबाट बाहिरिएपछि एमालेको आन्तरिक विवाद टुंगो लाग्ने बताइएपनि खासै गति लिन सकेको छैन । एमाले विवाद निरुपणका लागि माधवकुमार नेपालले एकपछि अर्को शर्त थप्दै गएपछि विवाद मिल्ने दिशमा गएको हो कि नमिल्ने दिशामा गएको हो भन्ने भेउ पाइएको छैन ।
पछिल्लो पटक नेता नेपालले कार्यकारी अधिकारसहितको दोस्रो अध्यक्षको प्रस्तावमा खास रुची देखाएका छैनन भने उनले सचिवालय बनाएर पार्टी सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् । एमाले उच्च स्रोतका अनुसार झलनाथ खनाल, बामदेव गौतम, माधव नेपालसहितको सचिवालयको प्रस्ताव गरेका हुन् । तर ओलीले यो विषयमा कुनै खबर पाएका छैनन् ।
एमालेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले सम्मानजनक अवस्थामा मात्रै पार्टीमा एकता हुने निष्कर्ष निकालेको भोलिपल्ट नेता नेपालले नयाँ शर्त अघि सारेका हुन् । दुई दिनसम्म चलेको बैठकले पार्टीमा सम्मानजक अवस्थामा एकता गर्न कमिटी सदस्यहरुले सुझाएपछि नेपालले आफू निकटका जनसंगठनका नेताहरुको छलफलमा सो शर्त अघि सारेको स्रोतको दावी छ ।
‘हाम्रो बैठक एमाले एकतालाई कसरी पूर्णता दिने भन्नेमा केन्द्रित थियो । यसै सेरोफेरोमा कुराकानी भएको छ, साथीहरुले सम्मानजनक एकता गर्न सुझाव दिनुभएको छ । विधि र प्रक्रिया पुर्याएर दुवै पक्षको भलो हुने गरी अघि बढ्न साथीहरुले सुझाएका छन्,’ बैठक स्रोतले भन्यो ‘ विवाद मिलाउँदा कम्तीमा सचिवालय बनाएर जानेकि भन्ने बारेमा पनि छलफल भएको थियो ।’ यस अघिको बैठकमा कार्यदलले पार्टीलाई बुझाएको १० बुँदे सहमतिमा छलफल गरेको थियो ।
बैठकमा नेताहरुले पार्टी एकताको प्रयास बिग्रने गरी अभिव्यक्ति नदिन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् । ‘बैठकमा साथीहरुले पार्टी एकताको लागि भएका प्रयासलाई बिथोलिने गरी अभिव्यक्त नदिन अध्यक्ष र नेतालाई आग्रह गर्नुभएको छ, जुन हिजोको स्थायी कमिटी बैठकले पनि त्यही आग्रह गरेको थियो’, स्रोतले भन्यो ।
नेपाल समूहले लगातार सम्मानजनक एकता हुनुपर्ने शर्त राखिरहेका बेला बेला अध्यक्ष ओली र निकट नेताहरूले दुई अध्यक्षको प्रस्ताव अगाडि सारेका थिए । नेपालनिकट एक नेताका अनुसार पछिल्लोपटक गत बिहीबार विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ नेता नेपाललाई भेटेर दुई अध्यक्षको व्यवस्थाका लागि ओली तयार रहेको र दुई शीर्ष नेता बसेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर, अहिलेसम्म ओली र नेपालबीच एकल संवाद हुन सकेको छैन । दुई नेताहरुको संवाद हुन नसकेको बेला नेपालले नयाँ शर्त अघि सारेका हुन् ।
असार २८ मा सर्वोच्चले दिएको फैसला र साउन ३ मा प्रधानमन्त्री देउवालाई नेपाल समूहका २३ सांसदले दिएको विश्वासको मतको विषयमा पनि ठूलो मतभेद रहेका बेला नेपालले आफ्ना कार्यकर्तालाई ओलीले पेल्न सक्ने भएकाले पनि सम्मानजनक एकताको शर्त कायमै राखेका हुन् ।
आफ्नै पहलमा प्रतिनिधिसभा पुनःस्थापना भएको र देउवा प्रधानमन्त्री बन्न सम्भव भएको बुझाईमा रहेका नेपालले देउवालाई विश्वासको मत दिएर लोकतन्त्र बचाएको विश्लेषण गरेका छन् । ओलीपक्षीय नेताहरूले देउवालाई विश्वासको मत दिने काम राजनीतिक रूपमा गम्भीर अपराध भएको आरोप लगाएका बेला नेपालको नयाँ शर्तमा ओलीले कस्तो उत्तर दिन्छन भनेर हेर्न बाँकी नै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार