टिचिङ अस्पताल हो कि सुँगुरको खोर ?
कुसुम सेञ्चुरी
साउन १३, २०७८ बुधबार १७:३७:३६
१३ साउन, काठमाडौं । नेपालका सरकारी अस्पताल मध्ये नाम चलेको अस्पताल हो त्रिभूवन विश्वबिद्यालय शिक्षण अस्पताल अर्थात टिचिङ अस्पताल । देशकै केन्द्रबिन्दु राजधानीमा रहेको यो अस्पताल राष्ट्रपति र प्रधानमन्त्री निवासको नजिकै पनि छ ।
स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै दर्जनौ पटक आमरण अनशन गर्ने डा. गोविन्द केसीले ३० औं बर्ष जागिरे जीवन बिताएको अस्पताल पनि हो यो । यही बसेर डा. केसीले दर्जनौ पटक अनशन बसेका छन् समग्र स्वास्थ्य क्षेत्रमा आमुल सुधार हुनुपर्छ भनेर । यही कार्यरत थूप्रै डाक्टरहरुले पनि उनको अनशनमा साथ दिएका छन् , आन्दोलनलाई उचाईमा पुर्याएका छन् ।
तर बत्तिमुनिको अध्यारो भने झैं यो अस्पतालको व्यवस्थापन लावारिस पाराको छ । डाक्टर तथा स्वास्थ्यकर्मीहरुको चरम लापरवाहीदेखि व्यवस्थापनको गहन जिम्मेवारी सम्हालेका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको महाराजा शैलीले डा. केसीको आन्दोलनलाई नै कुरीकुरी गरिरहेको छ ।
सरकारी अस्पताल अर्थात जनताको अस्पताल हो टिचिङ अस्पताल । सरकारले बर्षेनी करोडौं रुपैयाँ यस अस्पतालको व्यवस्थापनमा खर्चिने गरेको छ । जनताको करबाट संकलित करोडौंको बजेट यही अस्पतालको व्यवस्थापन सुधार र सेवाग्राहीको लागि भनेर छुट्टिने गरेको छ । तर अस्पतालको सेवा, सुविधा र हालत भने दिनप्रतिदिन जर्जर र दुरुह छ । सयौं डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरु कार्यरत रहेको याे अस्पताल हो कि सुँगुरको खोर ? भन्ने छुट्टयाउन भने हरेक सेवाग्राहीलाई हम्मेहम्मे पर्ने गरेको छ ।
तपाईं टिचिङ अस्पताल कति पटक जानु भाको छ ? यदि जानू भएको छ भने तपाईंले अस्पतालको शौचालय प्रयोग गर्नु भएको छ ? यदि छ भने कत्तिको ध्यान दिनु भएको छ ? टिचिङ अस्पतालको शौचालय सुगुरको खोर भन्दा फरक छैन् भन्ने अनुभूति त्यहाँ जाने जोकोहीले प्रत्यक्ष देख्न सक्छ ।
माथिको लाइनमा सुरु गर्दा तपाईलाई लागेको हुन सक्छ यो समाचारले के भन्न खोजेको होला भनेर । केही दिन अघिदेखि म आफै यो अस्पतालमा आमाको उपचार गराउन आएकी छु । देशकै उत्कृष्ट अस्पतालमा उपचार गराउने मेरो चाहाना यहाँको अव्यवस्था, चरम लापरवाही र शौचालयको हालत देख्दा भने माथिको शीर्षक प्रश्न बनेर आउछ यो अस्पताल हो कि सुँगुरको खोर ? हप्तादिनको यहाँको बसाईका क्रममा विभिन्न तहमा स्थलगत रिपोर्टिङ गर्दा विभिन्न विषय मध्ये बिरामीले दैनिक प्रयोग गर्ने शौचालय सुँगुरको खोर भन्दा फरक नभएको पाइएको हों ।
आफ्नो र जनताको स्वास्थ्यप्रति सचेत डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरु रहेको यो अस्पतालमा बिरामी लिएर आउने हरेक नागरिक ब्याक्टेरिया र भाइरसको शिकार भएर त फर्किरहेका छैनन् भन्ने प्रश्न खडा भएको छ । जताततै अस्तव्यस्त अस्पतालको दुरुह अवस्था हेर्दा यो अस्पताल आफै रोगी बनेको भान हुन्छ ।
अस्पतालमा भर्ना भएका बिरामी मात्र होइन दैनिक उपचारमा आउने बिरामी पनि दुर्गन्धित शौचालयमा नाक थुनेर शौच गर्न बाध्य छन । यति मात्रै कहाँ हो र ! अस्पतालकै हाडजोर्नी विभागदेखि हरेक विभागमा अप्रेशन गरेर राखिने बिरामीले प्रयोग गर्ने शौचालय समेत त्यतिकै दुर्गन्धित छ । हेर्नुस तस्वीरमा ।
यहाँ महिला र पुरुषका लागि भनेर छुट्टाछुट्टै शौचालयको व्यवस्था भएपनि सबैले एकै ठाँउमा प्रयोग गर्नु परेको छ । ट्वाईलेट त छ तर पानी नआएको बर्षौ भएको छ । कुनैमा पानी आउँछ कुनैमा आउँदैन । यस्तो शौचालय बिरामीले कसरी शौच गर्छन् होला, कल्पना गर्न सक्नु हुन्छ ?
यसबारे अस्पताल प्रशासन मौन हुनु तर बिरामीले स्वच्छ पानी प्रयोग गर्न नपाउनु यो कत्तिको लाजमर्दो विषय हो ?
अझै रोचक र अस्पताल माथि प्रश्न खडा हुने अर्को गहन विषय हो अस्पतालले बर्षौदेखि हरपिक र फिनेल देख्न पाएको छैन् । अस्पतालको बजेट खर्च हुने मध्येको एक विषय हो सरसफाईका लागि चाहिने हरपिक, फिनेल र अन्य किटाणुनाशक औषधि । हरेक बर्ष अस्पताल सरसफाईको नाममा फिनेल र हरपिककै नामका लाखौंको रकम निकासा हुन्छ तर अस्पतालको शौचालयमा तिनको प्रयोग कहिल्यै हुँदैन् ।
बिगत ५ बर्षदेखि अस्पतालमा सरसफाईकर्मीको काम गर्दै आएकी एकजना कर्मचारी आफ्नो नाम नबताउने शर्तमा भन्छिन् , “मैले यस अस्पतालमा काम गरेको ५ बर्ष भयो तर अहिलेसम्म फिनेल र हरपिक देखेकै छैन ।” हरेक दिन पोछा लगाएको देख्छु त भन्ने हाम्रो प्रश्न भूईमा खस्न नपाउँदै उनले भनिन्, यही फोहोर पानीले पुछेजस्तो गर्ने मात्र हा, डाक्टर र नर्सको च्याम्बर बाहेक अन्त कतैपनि हरपिक र फिनेलको प्रयोग हुँदैन । सबै ठाँउमा फिनेलले सफा गर्न पाए त किटाणु पनि मर्ने थिए तर छैन क्यारे ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार