प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यालयलाई सहयोग
नेपालबहस संवाददाता
साउन १३, २०७८ बुधबार २१:६:१०
१३ साउन, चितवन । वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले ती सामग्री हस्तान्तरण गरेको हो ।
प्रदेश सरकारले १५ वटा अक्सिजन कन्सन्ट्रेटर, सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, ऐन ९५ माक्स, ग्लोब्स, गाउन सेट, सेनिटाइजरलगायतका स्वास्थ्यसामग्री उपलब्ध गराएको थियो ।
सो अवसरमा प्रदेशसभा सदस्य भूर्तेलले वाग्मती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व दिएर स्वास्थ्य सामग्री सहयोग गरेको बताए । जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउने गरेको बताउँदै उनले भने, “स्वास्थ्य सेवाका हिसाबले चितवन उत्कृष्ट बन्दै गएको छ ।” उनले स्वास्थ्य सेवा शहर केन्द्रीत नगरेर जिल्लाका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वाग्मती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको रोकथामको लागि तयारी गरिरहेको बताए । तेस्रो लहरको तयारीस्वरुप सबै प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष र एचडियू विस्तार, पीसीआर मेसिन सञ्चालन, अक्सिन प्लान्ट जडानको काम भइरहेको उनको भनाइ थियो ।
सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले प्राप्त सामग्री सातै पालिकामा वितरण गरिने बताए । उनले प्राप्त सामग्रीको उच्चतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार