ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै
नेपालबहस संवाददाता
साउन १३, २०७८ बुधबार २१:१६:५७
१३ साउन, स्याङ्जा । हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।
गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भने, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।”
वृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकास्थित बैंकमा जाँदा आफूहरुले धेरै दुःख पाएको गुनासो वृद्धवृद्धाले गरेकाले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्यासमेत समाधान गर्दै आएको अध्यक्ष मानन्धरले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वर्षाका बेला जिल्ला सदरमुकामसम्म जाँदा समस्या हुने भएकोले कुमारी बैंकसँग समन्वय गरेर गाउँघरमै वृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको समाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण गरिएको उहाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार