सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति, माधव पक्ष सहभागी नहुने
नेपालबहस संवाददाता
साउन १४, २०७८ बिहिबार १९:२९:२
१४ साउन, काठमाडाैं । सरकारमा सहभागी हुन एमालेको माधव नेपाल पक्षधर २२ सांसदहरुको दवाव बढिरहँदा सत्ता गठबन्धनको आज बसेको गोप्य बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
नेपाल पक्षधरलाई सहभागी नगराईकनै अब मन्त्रिपरिषदले पूर्णता पाउने भएको हो । तर नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएको बताइएको छ ।
आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई सात र जसपाले ५ मन्त्रालय दिने गरी प्रारम्भिक खाका तयार पारिएको कांग्रेसका एक नेताले नेपालबहसलाई बताए । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा समान्य छलफल भएपनि मन्त्रालयगत भागबण्डाको टुङो भने लागिसकेको छैन् ।
तर राज्यमन्त्रीमा कसलाई कति दिने भन्ने टुंगो भने लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दैछ । त्यस्तै जसपाको बैठक पनि आजै बस्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार