११ आश्विन २०७८, सोमबार

भारत र श्रीलंकाको अन्तिम खेल आज, यस्तो छ सम्भावित प्लेइङ–११

प्रकाशित मिति :  १४ श्रावण २०७८, बिहीबार १३:५०


१४ साउन, काठमाडौं । भारत र श्रीलंकाबीचको टी–२० सिरिजअन्तर्गतको तेस्रो तथा निर्णाएक म्याच आज हुँदैछ। तेस्रो खेल पनि नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि कोलम्बोमा सुरु हुनेछ।

तिन म्याचको सिरिजमा दोस्रो म्याच जितेसंगै श्रीलंकाले १-१ को बराबरी गरेको छ। भारत वानडे सिरिज पछी टि(२० सिरिज पनि जित्ने दाउमा मैदान उत्रनेछ।

श्रीलंका भने वानडे सिरिजको बदला लिन टि-२० सिरिज जित्ने लक्ष्य सहित मैदान उत्रनेछ। जवाफमा श्रीलंकाले अन्तिम दुइ बल बाकि हुदा लक्ष्य पुरा गर्यो। हारिसकेको म्याच जितेपछी श्रीलंका आज उच्च मनोबल सहित सिरिज जित्ने लक्ष्यमा मैदान उत्रनेछ।

भारत भने दोस्रो म्याचको हारको बदला लिन तथा वानडे पश्चात टि-२० सिरिज पनि कब्जा गर्ने लक्ष्य सहित मैदान उत्रनेछ। यी दुवै टोलीको म्याच रोमान्चक हुने आकलन गरिएको छ।

भारतको सम्भावित प्लेइङ–११

ऋतुराज गायकवाड, शिखर धवन (कप्तान), देवदत्त पाडिक्कल, सञ्जु सामसन (विकेटकीपर), नीतीश राणा, चेतन सकरिया, राहुल चहर, भुवनेश्वर कुमार, नवादिप सैनी, कुलदिप यादब र वरुण चक्रवर्ती।

श्रीलंकाको सम्भावित प्लेइङ–११

अभिष्का फर्नांडो, मिनोद भानुका (विकेटकीपर), सदिरा समाराविक्रम, धनन्जय डि सिल्वा, आशेन भन्डाराररमेश मेन्डिस, दासुन शनाका (कप्तान), वनिन्दु हसारंगा, चमिका करुणारत्ने, ईसुरु उडाना, दुश्मन्था चामेरा र अकिला धनन्जय।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा