कांग्रेस क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिल्ला त ?
नेपालबहस संवाददाता
साउन १४, २०७८ शुक्रबार ३:३८:४६
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुले मिलाउने भएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलााउने भएका हुन्।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले क्रियाशील सदस्यता, नवीकरण, समायोजनलगायत विषयमा देखिएका विवादलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याउने निर्णय भएको बताइएको छ ।
बिहीबार आजै बसेको बैठकले छलफल परामर्शपछि केन्द्रीय नेताहरुको तहमा निर्णयका लागि प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको बुझिएको छ । तर कांग्रेसको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिल्ला त भन्ने विषय सबैको चासो बनेको छ ।
यसरी क्रियाशीलबारे विवाद हुनुमा विभिन्न पार्टीबाट कांग्रेस प्रवेश हुनेलाई समयमै समायोजन गर्न नसक्नु पनि हो। पार्टीको सांगठानिक संरचनाबीच असमझदारीले बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्यतामा प्रवेश नै गर्न नसकिएको समितिले बताएको छ।
यसअघि ४ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशन १६-१९ भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो। त्यस अनुसार, वडादेखि प्रदेशसम्मका अधिवेशनको कार्यतालिका संशोधन गरेको थियो।
त्यस कार्यतालिका अनुसार, गाउँ तथा नगरका वडाको अधिवशेन १२ साउनमा, गाउँ तथा नगर अधिवेशन १६ साउनमा गर्ने तय गरिएको थियो। त्यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन २३ साउनमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा गर्ने कार्यतालिका थियो। यससँगै प्रदेश अधिवेशन १ र २ भदौमा गर्ने तय गरिएको थियो।
वडा अधिवेशन स्थगित भएसँगै अब गाउँ, नगर, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन पनि प्रभावित हुने भएका छन्। जसले गर्दा महाधिवेशन पनि प्रभावित हुनसक्ने जनाइएको छ। कांग्रेस नेतृत्वले भने अन्य अधिवेशन तलमाथि भए पनि महाधिवेशन तोकिएकै समयमा हुन्छ भन्दै जिकिर गरेपनि त्याे अनिश्चत देखिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार