बजेट अभावले शिशु सघन उपचारकक्ष अलपत्र
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार १३:४१:१४
१५ साउन, बलेवा । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष ‘एनआइसीयू’ निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो । विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए ।
“हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौँ, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ”, पोखरेलले भने, “छिमेकी जिल्लाका अस्पतालले रु तीन करोड पाउँदा धवलागिरिले रु ६० लाखमात्रै पाएको विषयमा खोजी भइरहेको छ ।”
कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ । एक वर्षअघि यस अस्पतालमा तीन शय्याको सघन उपचारकक्ष स्थापना भएको थियो ।
अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौं तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना बताउछन । “हामी काम गर्न तयार छौँ र गरिरहेका छौँ, सरकार आश्वासन दिन्छ बजेट दिँदैन”, राना भन्छन, “धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।”
एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताए। अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । बाढीपहिराेका कारण सडक अवरुद्ध भएर काठमाडौं, पोखरा पुग्न नसक्दा बिनाउपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए । आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा. पोखरेल बताउछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार