११ आश्विन २०७८, सोमबार

एथ्लेटिक्स खेलाडी सरस्वती प्रारम्भिक चरणबाटै आउट

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार ०८:५७


१५ साउन, काठमाडौं । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीकाे टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ ।

जापानमा जारी टोकियो ओलम्पिकमा महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै आउट भएकी हुन् ।

ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२:९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।

सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२:५५ सकेन्ड रहेको छ ।

यस्तै यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२:।२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् । सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।

टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन् । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह ‘एलेक्स’ र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा