उच्च शेयरमूल्य भएका ‘टप टेन’ कम्पनी ?
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २१:९:३६
१५ साउन, काठमाडौं । शेयरबजार करिब ३१ सय विन्दुमा पुगेको छ । बजारले करिब ३१ सय विन्दु नजिर रहदा १० कम्पनीको शेयरमूल्य उच्च रहेको छ ।
उच्च मूल्य हुने कम्पनीको शिर्ष स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । शेयरबजारमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा उच्च शेयरमूल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो ।
राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य अहिले २१ हजार १५० रुपैयाँ छ । जबकी सबैभन्दा उच्च मूल्य हुँदा यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ हजार रुपैयाँसम्म पुगेको थियो ।
युनिलिभर नेपाल
यसैगरी दोस्रो उच्च मूल्य भएको कम्पनीमा युनिलिभर नेपाल रहेको छ । जसको शेयरमूल्य १९हजार ६९८ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य एक समयमा २६ हजार रुपैयाँसम्म पुगेको थियो ।
बोटलर्स नेपाल तराई
उच्च मूल्य हुने तेस्रो नम्बरमा बोटलर्स नेपाल तराई रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १० हजार ९०६ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य पनि दश हजार रुपैयाँसम्म पुगेको थियो ।
साल्ट ट्रेड कम्पनी
चौथो स्थानमा उच्च मूल्य रहेको साल्ट ट्रेड कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य १० हजार ५८० रुपैयाँ रहेको छ ।
बिशाल बजार कम्पनी
उच्च शेयरमूल्य हुनेमध्येको पाँचौ नम्बरमा बिशाल बजार कम्पनी रहेको छ । हाल कम्पनीको प्रतिकित्ता शेयरमूल्य ६ हजार ९५० रुपैयाँ रहेको छ ।
हिमालयन डिष्टिलयरी
उच्च शेयरमूल्य हुनेमध्येको छैटौं नम्बरमा हिमालयन डिष्टिलयरी रहेको छ । कम्पनीको शेयरमूल्य ६ हजार ४४० रुपैयाँ रहेको छ । सातौ नम्बरमा महिला लघुवित्त कम्पनी रहेको छ । कम्पनीको प्रतिशेयरमूल्य ५ हजार ६३ रुपैयाँ पुगेको छ ।
सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट
शेयरबजारमा उच्च शेयरमूल्य भएको आठौं नम्बरमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट कम्पनी पर्दछ । हाल कम्पनीको शेयरमूल्य ४ हजार ५० रुपैयाँ रहेको छ ।
नेशनल माईक्रोफाइनान्स कम्पनी
हाल नेशनल माईक्रोफाइनान्स कम्पनीको शेयरमूल्य ३६९० रुपैया रहेको छ । त्यस्तै दसैं नम्बरमा जनउत्थान लघुवित्त रहेको छ । लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ३६ सय १२ रुपैयाँ पुगेको छ ।
महिला लघुवित्त
महिला लघुवित्तले ४४ दिन अगाडि अर्थात चैत ३ गते नेप्सेमा आईपीओ सूचीकृत गरेको थियो । चैत ४ गतेदेखि कम्पनीको नेप्सेमा कारोबार सुरु भएको हो । करिब साढे १ महिनामै कम्पनीको शेयरमूल्य ३१ सय रुपैयाँ बढि पुगेको हो । यो हालसम्मकै छोटो अवधिमै तीन हजार नाघेको पहिलो कम्पनी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार