कुमारी बैंकद्वारा नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २१:३८:३
१५ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरेको छ ।
बैंकले उक्त ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको जनाएको छ ।
उक्त ट्राफिक संकेत बत्तीको बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे ।
कार्यक्रममा खनालले आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए साथै, ट्राफिक प्रहरीसँग सम्बन्धित शुल्कहरू संकलन गर्न डिजिटल प्रविधिबाट गर्न पनि जोड दिए ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बैंकले ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार