११ आश्विन २०७८, सोमबार
पुरस्कार गुठी

मदन पुरस्कारको सूचीमा छानिएका ९ पुस्तक कुन कुन हुन ?

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार १६:१४


१५ साउन, काठमाडाैं । मदन पुरस्कारको सूचीमा ९ पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको हो ।

सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।

यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् ।

गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका छन् । यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा