पार्टीको महाधिवेशन भदौमै हुन्छ: देउवा
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २२:१९:१४
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौ मै हुने बताएका छन् । क्रियाशील सदस्यता विवाद समधान गर्न शुक्रबार बूढानीलकण्ठमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीको महाधिवेशन भदौ मै गरिने बताएका हुन् ।
बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील छानबिन समितिले सुल्झाउन नसकेको विवाद ५ दिनभित्र मिलाउने जिम्मा शीर्ष नेतालाई दिएको थियो।
सोही बैठकले सुम्पिएको जिम्मेवारीअनुसार शुक्रबार सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता छलफलमा जुटेका थिए।
बाँकी विवाद समधानका लागि नयाँ मापदण्ड बनाउने सहमतिसमेत शीर्ष नेताले गरेका छन् । समितिले करिब ९६ प्रतिशत काम सकेर सभापति शेरबहादुर देउवालाई गत मंगलबार प्रतिवेदन बुझाएको थियो।
बारा, सप्तरी, धनुषा ४, सर्लाही-२ सहित १ सयभन्दा बढी वडा र अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई दिइने सदस्यताको विवाद समाधानका लागि नयाँ मापदण्ड बनाएर समधान गर्ने सहमति जुटेको छ ।
बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार