२० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २२:२१:४५
◊शङ्खर पहाडी
१६ साउन, सर्लाही । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यवसायिक गाईपालन शुरु गरेको हो ।
उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गरेको हो । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गरेकी सिलवालले अहिले १५० गाई पालेको छ । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गरेकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाएको छ ।
तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिए । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उनले बताए । उनका अनुसार गाईपालनमा जग्गासहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उनको भनाइ छ ।
सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खौली पेशा पण्डित्याइमा व्यस्त रहन्थ्यो । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खौली पेशा पण्डित्याई छाडेर गाईपालनमा लागेको र पण्डित्याइ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उनको भनाइ छ ।
गाईपालन शुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताए । फार्मलाई व्यवस्थापन गर्ने, हेरचाह गर्नेलगायतका काममा आफूले आफ्ना परिवार र आफन्तको साथ पाएको उनको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफू खुशी भएको उनले बताए ।
फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उनले जानकारी दिए । “बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्छन्”, सिलवालले भने, “शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउछन् ।”
अठार बिघा जमिन कम्पनीले खरीद गरेर त्यही जमिनमा गाईलाई आवश्यकपर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यकपर्ने साइजेल नामक पौष्टिक आहारसमेत आफूहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताए । गाईका लागि दैनिक करीब चार हजार २०० किलो साइलेज दाना खपत हुने गरेको छ ।
कम्पनीले उत्पादन गरेको साइलेज करीब ८५ टन बाहिरसमेत पठाउने गरिएको सिलवालले बताए । हाल फार्ममा उत्पादन भएको जैविक मल पाँच टन फार्म बाहिरका नागरिकलाई दिने गरिएको उनको भनाइ छ । अठार बिघा जमिन क्षेत्रभित्र गाई फार्म, घाँस उत्पादन, साइलेज दाना उत्पादन, ग्यास प्लान्ट र गोबर ग्यास उद्योगसमेत सञ्चालनको तयारी अवस्थामा छ ।
एक हजार गाई पाल्ने योजनाका साथ शुरु गरिएको सो अभियानले अहिले १५ जनालाई रोजगारीसमेत दिएको छ । विभिन्न छ प्रजातिका गाई पालिएको फार्ममा एउटा गाईले १० लिटरदेखि २५ लिटरसम्म एकपटकमा दुध दिने गरेको सञ्चालकको भनाइ छ ।
फार्ममा पालिएका गाई नवलपरासी तथा वीरगञ्जबाट ल्याउने गरिएको र होल्स्टेन, जर्सी, जर्सी क्रस, साइवाल, गिर तथा हरियाणालगायतका प्रजातिका गाई हाल फार्ममा रहेका सञ्चालकले बताएका छन् । फार्ममा पशु सेवा प्राविधिकको समेत व्यवस्था गरिएको सञ्चालक सिलवालले बताए । फार्ममा दुई जनासहित पशु सेवा प्राविधिक २४सैँ घण्टा रहने गरेका छन् ।
अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फाराम भरे पनि अहिलेसम्म कोही पनि अनुगमन तथा निरीक्षणका लागि नआएको उनले बताए । गाईबाट कम्पोष्ट मल बनाउने र ग्यास प्लान्ट निर्माण गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
उहाँ अहिले दूधबाट मासिक करीब रु १० लाख ५० हजार रकम सङ्कलन गर्छन् । सिलवालले विसं २०६८ देखि गाई फार्म शुरु गरेको थियो । अन्तरराष्ट्रिय मोडलमा शुरु गरिएको गाई फार्म थप व्यवस्थित पार्दै अन्य गाई फार्मको तुलनामा फरक र व्यवस्थित बनाउँदै लैजाने तयारी गरेको सिलवालले बताए ।
हाल उन्नत जातका गाई पालिएको भए पनि अबका केही समयपछि लोकल प्रजातिका गाई पनि पाल्ने उनको योजना छ । गाईपालन र गोठ सुधारका लागि सिलवालले दुई पशु सेवा प्राविधिक राखेर गाईको हेरचाह गर्ने गरेका छन् । आफ्नै गाईले जन्माएका बाच्छीबाट नै भोलिका दिनमा गाई फामलाई थप व्यवस्थित पार्दै लैजाने योजना रहेको सञ्चालक सिलवालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार