११ आश्विन २०७८, सोमबार
पक्राउ

३३ किलो सुनकाण्डका फरार अभियूक्त भण्डारी पक्राउ

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार २०:३४


१५ साउन, काठमाडौं । चर्चित ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजकुमार भण्डारी पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए । ’हामीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै थियौं । म आएपछि एक हजार बढी समातिसकेका छौं ।

आज त्यसैक्रममा सुनकाण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका हौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने । २०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो ।

त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानविन समिति गठन भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो । सो घट्नामा भण्डारीको पनि संलग्नता भएको प्रहरीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा