यस बर्ष पत्रकार शक्तिमायालाई कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कार
नेपालबहस संवाददाता
साउन १५, २०७८ शनिबार ३:३०:१५
१५ साउन, बिदुर । नुवाकोटकी क्रियाशिल पत्रकार शक्तिमाया तामाङ कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक समाचारहरु संकलन र संप्रेषण गरेबापत यस बर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित भएकी छिन् ।
शुक्रवार नुवाकोट सदरमुकाम बिदुरमा आयोजित उत्तरगया दैनिकको चौथो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रकाशक एवं नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट तामाङलाई सम्मानित गरिएको हो ।
त्यसक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकार तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरे । बिगत आठबर्ष देखि नुवाकोटको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकार तामाङ बिबिसि नेपाली सेवाको नुवाकोट संबाददाताको रुपमा कार्यरत छिन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य केसीले सत्ताको भन्दा सत्यको महत्वबोध गर्ने र समाजका बिकृती र बिसंगतीहरुको अन्त्यका लागि निरन्तर खवरदारी गर्ने भएकै कारण संचारक्षेत्रलाई राज्यको चौथो अंग मानिएको उल्लेख गर्दे सत्य, तथ्य र निष्पक्ष पत्रकारीताले मुलुकको समृद्धिको आधारशीला तयार गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
नेपाली कांग्रेस सदैब प्रेस स्वतन्त्रताको पक्षपाती रहेको बताउँदै त्यसक्रममा कांग्रेस नेता केसीले स्वतन्त्रताको नाममा देखिने स्वच्छन्दताले पार्नसक्ने नकारात्मक प्रभावका बारेमा संचारकर्मीहरु निरन्तर चिन्तनशील हुनुपर्नेमा समेत जोड दिए ।
त्यसक्रममा संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले संचार क्षेत्रको बिकास र संचारकर्मीहरुको हकहितका पक्षमा नेपाली कांग्रेस सदैब प्रतिबद्ध रहेको बताउँदै आग्रह र पूर्वाग्रहरहित पत्रकारीताबाट मात्र यस क्षेत्रप्रति सबैको अपनत्व रहने धारणा ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बिदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दहालले स्थानीयतहहरुको सुदृढीकरण र बिकास निर्माणका कामहरुमा प्रभावकारीता बृद्धी गर्न संचारक्षेत्रको सकारात्मक भुमिका अपेक्षित रहेको बताउँदै जिल्लाका संचारमाध्यमहरुको प्रबद्र्धन र संचारकर्मीहरुको क्षमता अभिबृद्धीका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यसक्रममा नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, माओवादी केन्द्रका सचिवालय सदस्य रामचन्द्र पौडेल,राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट अध्यक्ष कुलबहादुर खड्गी, नुवाकोट कांग्रेसका प्रबक्ता राजु थापा,महिला अधिकारकर्मी बिन्दा अर्याल,पत्रकार महासंघका केन्द्रीय सदस्यहरु सुनिल खड्का र ध्रुबकुमार रावल, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, प्रदेश सदस्य रामहरी गजुरेल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल,नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने,उत्तरगया दैनिककी संचालिका गीता अमात्य,पर्यटन होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका बागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेती,नुवाकोट रेडक्रसका मन्त्री हरी श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पंडित, प्रेस चौतारीका केन्द्रीय सदस्य देबचन्द्र भट्ट, प्रेस युनियनका अध्यक्ष नवराज सुबेदी, नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेब दाहालले संचारक्षेत्रमा देखिएका समस्या, चुनौति र समाधानका उपायहर तथा समाज बिकासमा संचारक्षेत्रसंग अपेक्षित भुमिकाहरुका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार