११ आश्विन २०७८, सोमबार
महाराजगञ्ज

पूर्वयुवराज पारस शाह र प्रहरीबीच लफडा

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार २२:०४


१५ साउन, काठमाडौं । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि हातपात गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीमाथि हातपात गरेका हुन् ।

हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले पक्राउ गर्न खोजेपछि उनले प्रहरीलाई हातपात गरेका हुन् । पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा आफूलाई छाड्न भनेका थिए ।

उनले प्रहरीलाई हातपात गरेको अभद्र व्यवहार गरेको भिडियो समेत सार्वजनिक भएको छ । शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ । तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेको भिडियोमा सुन्न सकिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ । ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उनलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने । पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका थिए । त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा