११ आश्विन २०७८, सोमबार
महाकाली नदी

दार्चुला घट्नाको छानवीन गर्न गृहसचिवको नेतृत्वमा समिति गठन

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार २२:५७


१५ साउन, काठमाडौं । गृहमन्त्रालयले तुइन काट्दा महाकाली नदीमा एक युवकको मृत्यु भएको विषयमा छानवीन गर्न समिति बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानवीन समिति बनाएका हुन् ।

दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर वेपत्ता भएपछि मन्त्रालयले छानवीन समिति बनाएको हो । भारतीय सुरक्षा फौजको यो ज्यादतीको विरोधमा चौतर्फी विरोध शुरु भईरहेका बेला गृहमन्त्री खाँणले गृहसचिव न्यौपानेकै संयोजकत्वमा शुक्रबार साँझ छानविन समिति गठन गरेका हुन् ।

घटनामा के भएको हो, किन यस्तो अवस्था आयो ? भन्ने यर्थाथ पत्ता लगाई रिपोट सिधै आफुलाई पेश गर्न भन्दै गृहमन्त्री खाँणले छानविन समिति बनाएका हुन् । मन्त्री स्तरीय निर्णयका आधारमा मन्त्री खाँणले समितिमा गृहमन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेल, सुदुरपश्चिमका डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी समिति बनाएको मन्त्रालय स्रोतले जनाएको छ । समितिलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा