हाँस्यव्यङ्ग्य कलाकार किरणलाई वासुदेव लुइँटेल पुरस्कार
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार १८:४८:३९
१७ साउन, काठमाडौं । यसवर्षको वासुदेव लुइँटेल पुरस्कारहाँस्यव्यङ्ग्य क्षेत्रमाआफ्नो चिनारी बनाएका कलाकार किरण केसीलाई प्रदानगरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७ कलाकार केसीलाई दिने घोषणा गरेको हो ।
गत शुक्रबार साउन १५ गते बसेको गुठीको वैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाईसकेका केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीकचिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हाँस्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरू मध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ ।
वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दातारामशर्मा, घटोत्कचशर्मा, रामकुमार पाँडे लगायत लेखकका हाँस्यव्यङ्ग्य सम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हाँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदानगर्ने सुरुवात गरेका थिए ।
कलाकारसँगै फिल्म निर्माता समेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्महो , लक्काजवान । रिलिजको लागितयार रहेको फिल्म कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन् सकेको छैन । यसका साथै उनि पछिल्लो समय विज्ञापन , म्युजिक भिडियो , टेलिफिल्ममा व्यस्त छन् ।
यता हाँस्यव्यङ्ग्य कलाकार केसी भन्छन्, ” मलाइ यो पुरस्कारले अझै दायित्व थपेको छ । आफ्नो कलाकारिता यात्रामा निरन्तरता दिई रहदा प्राप्त हुने यस किसिमको सम्मान र पुरस्कारले म र म जस्तो कलाकर्मीलाई अवश्य उर्जा थप्छ । आफ्ना अग्रजले प्राप्त गर्दै आइरहेको यो पुरस्कार यसपटक मैले पाउने जानकारी पाएसंगै दंग छु । आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिता मार्फत दर्शकहरुलाई अझै मनोरंजन प्रदान गर्नेछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार