लव सर्कलको फर्स्ट लुक पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २२:२५:५६
१७ साउन, काठमाडौं । कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै बनेको छ।
गत वर्षको लक डाउन पछि विषम परिस्थितिका बाबजुद छायाँकन गरिएको चलचित्र ‘लव सर्कल’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्।
लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित चलचित्र ‘लव सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताए।
कुनै पनि समय खालि बस्न नरुचाउने निर्देशक निरौला कुनै न कुनै काममा व्यस्त बनि रहेका हुन्छन्। कहिले म्युजिक भिडियो त कहिले सिरिज कहिले ठुलो पर्दाका चलचित्रमा काम गरि रहने निर्देशक निरौलाले लक डाउनले शुन्य रहेको चलचित्र क्षेत्रलाई चलायमान गराउने सोचका साथ यो चलचित्रको कार्य गरेको बताए।
चलचित्रमा नाजिर हुसेन,मुकुन भुषाल,पवित्रा आचार्य,रबिन्द्र झा,रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ। कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै चलचित्र मार्फत डेब्यु गर्दैछन्।
चलचित्र ‘लव सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ।
आगामी २९ गते बाट चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ। यस संगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए। चलचित्रमा ओएसआर डिजीटलको सहकार्य रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार