११ आश्विन २०७८, सोमबार

युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सर्वाधिक १४ लाख कित्ता खरीद माग

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार १२:३३


१८ साउन, काठमाडौं । सोमबारदेखि कारोबारमा आएको युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको छ । कम्पनीको शेयरमा १४ लाख २९ हजार कित्ता शेयर खरीद माग रहेको हो ।

कम्पनीको प्रतिकित्ता ३५५ दशमलव ७० मा कारोबार भइरहेको छ । कम्पनीको शेयर प्रि-ओपन सेसनमा प्रतिकित्ता ३४५ मा शुरु भएको थियो । कम्पनीले साउन १७ गते आइतवार २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत गराएको हो ।

नेप्से कम्पनीको पहिलो कारोबारको लागि ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ सम्म ओपन रेञ्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा