सरकारले डेढ करोड डोज खोप खरिद गर्ने
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार १९:१९:६
१८ साउन, काठमाडौं । सरकारले डेढ करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । वयस्क तथा किशोर किशोरीलाई लक्षित गरी कोभिड-१९ विरुद्ध १ करोड ५० लाख डोज खोपको खरिद गर्न सरकारले सम्झौता गरेको हो ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढ करोड खोप आपूर्तिका लागि खरिद सम्झौता भएको बताएका छन् ।
मन्त्री श्रेष्ठका अनुसार ४० लाख डोज मोर्डना, ५० लाख जोन्सन एन्ड जोन्सन, ४० लाख फाइजर र २० लाख अस्ट्राजेनेका खोप सुनिश्चित भएको हो । साथै, मन्त्री श्रेष्ठले तेस्रो लहरलाई मध्यनजर गरी पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापन समेत गरिएको छ ।
अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गरी एन्टीजेन र पीसीआर परीक्षणलाई पनि व्यापक बनाइने राज्यमन्त्री श्रेष्ठले जनाए । चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको योजना रहेको समेत बताए ।
कांग्रेसको घोषणापत्रमा उल्लेख भएअनुसार सबै नेपाली नागरिकको स्वास्थ्य बीमालाई सुनिश्चित गर्ने बुँदालाई कार्यान्वयन गर्ने घोषणा पनि राज्यमन्त्री श्रेष्ठले गरेका छन् ।आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् ।
यस्तै, स्वास्थ्यमन्त्री श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् ।आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने जानकारी गराएका हुन् । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै नेपाल आइपुग्ने श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार