निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च
नेपालबहस संवाददाता
साउन १८, २०७८ सोमबार २०:३०:२३
१८ साउन, काठमाडौं । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढेको छ । जोखिम कायम रहदै गर्दा सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो बनाउदा संक्रमणको जोखिम उच्च भएको हो ।
अहिले सार्वजनिक यातायातसहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै बजारमा भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ हुँदा संक्रमण दर ह्वातै बढ्दै गइरहेको छ ।
निषेधाज्ञा खुकुलो भएपछि अहिले प्राय संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयको रेर्कडले पनि जनाएको छ ।
उता एक सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
रुपन्देहीसहित छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ ।
सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको पाइएको छ ।
तेसो त, १४ साउनसम्मको तथ्यांक अनुसार प्रदेशमा १०९८ जना उपचाररत छन् । तीमध्ये आईसीयूमा ५० जना, एचडीयूमा १०७ जना र भेन्टिलेटरमा ४ जना गरी २०८ जना कोरोना विशेष अस्पतालमा, ८२५ जना होम आइसोलेसनमा र ६५ जना आइसोलेसन सेन्टरमा रहेका छन् । प्रदेशमा १४ साउनसम्म २०९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार