११ आश्विन २०७८, सोमबार
जाेखिम उच्च

फेरि उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गरिने

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार १९:५४


१८ साउन, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी गरेको छ ।

सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’को बैठकले उपत्यकामा खुकुलो निषेधाज्ञासँगै थप कडाइ गर्दै लम्ब्याउने तयारी गरेको हो ।

भोलीदेखि अब अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिने बैठकले निर्णय गरेको छ ।

बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।

वैशाख १६ देखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि पुनः काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरु कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ सँग बैठक बस्नेछ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा