काठमाडौंबाट लागूऔषध कोकिनसहित नौजना पक्राउ
नेपालबहस संवाददाता
साउन १८, २०७८ मंगलबार २:५१:१७
१८ साउन, काठमाडौं । नेपाल प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले लागूऔषध कोकिनसहित उनीहरुलाई पक्राउ गरिएको हो । यही साउन ७ गते ५०० ग्राम कोकिनसहित चार जनालाई पक्राउ गरेको ब्यूरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले गोरखाका सुरज गुरुङलाई चितवनबाट पक्राउ गरे पनि उनले काठमाडौंको तारकेश्वरमा कोकिन लुकाएर राखेको अनुसन्धानमा खुल्न आएको थियो । उक्त अनुसन्धानका आधारमा प्रहरीले सुरजसँग ६८३ ग्राम कोकिन र नगद रु तीन हजार ५७५ बरामद गरेको छ ।
यस्तै, ३२९ ग्राम कोकिन र नगद रु सात लाख ५० हजारसहित अञ्जुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका सबैलाई लागूऔषध ‘नियन्त्रण’ ऐन २०३३ अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार