११ आश्विन २०७८, सोमबार
खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार ०८:१२


१९ साउन, काठमाडौं । क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले मंगलबार सामाजिक सञ्जालबाटै वक्तव्य जारी गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले वक्तव्यमा लेखेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धी हो । सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, साथी खेलाडीहरु, प्रसंशसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति सदैव ऋणी रहनेछु ।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा पूरा भए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको खड्काले उल्लेख गरेका छन् ।

सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे । खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा