११ आश्विन २०७८, सोमबार

यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा उच्च खरीद माग

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १२:२८


१९ साउन, काठमडौं । मंगलवार कारोबार खुलेको एक घण्टा अवधिमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

कम्पनीको शेयरमा सबैभन्दा बढी १० लाख १५ हजार ९३८ कित्ता शेयर खरीद माग रहेको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।

शेयरमूल्य प्रतिकित्ता  ३८९ दशमलव ३० पुगेको हो । कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ आइतवार नेप्सेमा सूचीकत भएको थियो । कम्पनीले पहिलो कारोबारको लागि  ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ ओपन रेञ्ज पाएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा