११ आश्विन २०७८, सोमबार
बैठक
राजनीति

बिनानिष्कर्ष सकियो सत्तारुढ कार्यदलको बैठक

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १३:४६


१९ साउन, काठमाडौं । सत्तारुढ कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठक पुनःअपराह्न ४ बजे बस्ने छ ।

सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अपराह्न बस्ने बैठकले अन्तिम रुप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी कार्यदलले गरेको छ ।

सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको छ। कार्यदलको संयोजकमा पूर्णबहादुर खड्का रहेका छन्। कार्यदलले सत्ता साझेदार पाँच दलसँग परामर्श गरेर साझा कार्यक्रम बनाउने कार्यादेश पाएको छ।

कार्यदलमा भने कांग्रेस, माओवादी र जसपाका नेतामात्रै सहभागी छन्। सरकारले अंगाल्ने न्यूनतम साझा कार्यक्रम तय भइसकेपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने जनाइएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा