११ आश्विन २०७८, सोमबार

फेरि अर्को लघुवित्तले आईपीओ ल्याउँदै

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १४:१५


१९ साउन, काठमडौं । यतिबेला आईपीओ निष्कासनको लहर छाएको छ । शेयरबजारमा आईपीओ निष्कासनको लहर छाएको बेला फेरि अर्को लघुवित्तले आईपीओ ल्याउँन लागेको हो ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको लघुवित्त संस्थाले एक लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि संस्थाले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको कमलपोखरीस्थित रहेको सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धि द्धिपक्षीय सम्झौतामा लघुवित्तको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा