भैसी तस्करीमा सशस्त्रको मिलेमतो
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार २०:५४:४२
१९ साउन, बीरगञ्ज । सशस्त्र प्रहरी बल बीओपी सबैठवाको मिलोमतोमा गाई, भैसीको व्यापक रुपमा तस्करी शुरु भएको पाइएको छ ।सबैठव बीओपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेलको मिलोमतोमा बडका गाऊ , खेस्राहा नाका भई भारतबाट नेपाल भित्र्याईका गाई, भैसीहरु लहावरथकरी गाऊको बाटो प्रयोग गरि पोखरिया, डकैला बहुअरी , जगरनाथपुर हुँदै परवानीपुर बजारसम्म पुर्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सशस्त्र प्रहरीले प्रत्येक गोटा भैसीको ५०० देखि १००० रुपैयाँसम्नको दरले रकम असुली गरि दिनहुँ एक सय भन्दा बढीको संख्यामा सो नाकाबाट नेपाल भित्र्याईरहेको नाम नछाप्ने शर्तमा एक सशस्त्र प्रहरीका सिपाहीले बताएका छन् । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक भुजेलले आफ्नो माथिल्लो हाकिमहरुको नाऊमा भैसी व्यापारीहरुसँग लाखौं रुपैयाँ असुली गरि तस्करीको लाईन दिएको एक तस्करले बताएका छन्।
विगत केही दिन पहिला सबैठवा नाका भई नेपाल भित्र्याईका १४ वटा भैसी मध्ये १० वटा भैसी अमरपर्टी र ४ वटा भैसी अर्को बीओपीले पक्राउ गरेको थियो । यसबाट पनि प्रमाणित हुन्छ की सबैठवा नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख एवम डीआईजी चन्द्रप्रकाश गौतमले आफु ईमान्दार भएको दाबी गरेपनि उनको मातहत रहेका सबैठवा बीआपीका प्रमुख एवम प्रहरी निरीक्षक भुजेलले तस्करहरुसँग मोटो रकम असुली गरि तस्करीको लाईन दिएपनि केही कारवाही नगरेको हुनाले डीआईजीको भूमिकामाथि पनि शंकाको बिषय बनेको छ।
डीआईजीले भूजेलमार्फत रकम असुलेर कारवाही नगरेको हुनसक्ने एक प्रहरी अधिकृतले दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार