११ आश्विन २०७८, सोमबार

नेपाल बैंकसहित आठ कम्पनीको शेयर खरिद माग उच्च, कुनको कति ?

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १६:४५


१९ साउन, काठमडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजारमा ८ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । नेपाल बैंकसहित ८ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।

यस दिन युनियन लाइफ इन्स्योरेन्स र जीवन विकास लघुवित्तको शेयरमा उच्च खरिद माग रहेको छ । त्यस्तै, नेशनल हाइड्रो, युनाइटेड मोदी, हाइड्रोइलेक्ट्रोसीटी इन्भेष्टमेन्ट, निफ्रा, सिद्धार्थ इक्वीटी फण्ड र नबिल ब्यालेन्स फण्डको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।

यस दिन सबैभन्दा युनियन लाइफ इन्स्योरेन्सको शेयरमा खरिद माग आएको छ ।

युनियन लाइफ इन्स्योरेन्स

युनियन लाइफ इन्स्योरेन्सको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा १९ लाख ७ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा १९ लाख ७ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ ।

यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य ३९९ रुपैयाँ पुगेको छ ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ९ लाख २४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ९ लाख २४ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य १२४४ रुपैयाँ पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरिद माग आएको छ । बैंकको शेयरमा करिब ३ लाख ५६ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा करिब ३ लाख ५६ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ४८ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४८४ रुपैयाँ पुगेको छ ।

हाइड्रोइलेक्ट्रोसीटी इन्भेष्टमेन्ट

हाइड्रोइलेक्ट्रोसीटी इन्भेष्टमेन्टको शेयरमा उच्च खरिद माग आएको छ । बैंकको शेयरमा १० लाख ८४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा १० लाख ८४ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश २ लाख ६४ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य ४६३ रुपैयाँ पुगेको छ ।

अपी पावर कम्पनी

अपी पावर कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । बैंकको शेयरमा ४ लाख १६ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ४ लाख १६ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ७५ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य ५०९ रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको शेयरमा २ लाख ३० हजार कित्ता, युनाइटेड मोदीको शेयरमा २ लाख ७ हजार कित्ता र नेपाल बैंकको शेयरमा १ लाख ६३ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कुन कम्पनीको शेयर खरिद माग कति ?


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा