११ आश्विन २०७८, सोमबार

आज तीन हजार ३८३ मा कोरोना पुष्टि, २४ जनाको निधन

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १८:५१


१९ साउन, काठमाडौं । नेपालमा गएको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा परीक्षण गर्दा तीन हजार ३३८ जनामा संक्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा एक हजार ९९४ जना यो संक्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ६० हजार ११६ जना यो संक्रमणबाट मुक्त भएका र निको हुने दर ९४ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा संक्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार ९२२ जनाको ज्यान गएको छ । हाल मृत्युदर भने १ दशमलव ५ प्रतिशत रहेको छ ।

हाल सघन उपचार कक्ष ‘आइसियु’ मा ६८६ जना र भेन्टिलेटरमा १६२ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी २९ हजार ७२२ होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३७ संस्थागत आइसोलेसन र ३७१ क्वारेन्टिनमा रहेको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ३२ हजार ५९ रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा