देउवालाई किन चढ्यो कुलमानको भूत ?
नेपालबहस संवाददाता
साउन १९, २०७८ बुधबार १:५०:१४
१९ साउन, काठमाडौं । पाँच दलीय गठबन्धनको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई अकस्मात कुलमान घिसिङको भूत सवार भएको छ ।
१८ घण्टे लोडसेडिङ हटाएपछि जनतामाँझ लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणमा पुनः ल्याउन प्रधानमन्त्री देउवाले उर्जामन्त्री पम्फा भूसाललाई ठाडो निर्देशन दिएको चर्चाले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ ।
मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् । स्रोतका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने समेत तयारी गरेको छ।
यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमानलाई नै दोहोर्याउन दबाब थियो । तर तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले उनलाई नदोहोर्याउने निर्णय लिएको थियो।
अघिल्लो कार्यकालमा कुलमानको पालामा लोडसेडिङ हटेको थियो भने लामो समय घाटामा रहेको प्राधिकरणलाई कृत्रिम मुनाफामा ल्याएका तथ्याङ प्रस्तुत गरेका थिए । उनको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन ओली नेतृत्वको सरकारले उनको पुनर्नियुक्ति गरेको थिएन । प्रचारबाजीको भोको रहेका कुलमानले सामाजिक सञ्जाल र पत्रपत्रिकामा करोडौं खर्च गरेर आफू हाईहाई बनेको आरोप लागेको थियो ।
यता अहिलेका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन भनेपनि उनले राजीनामा दिन्छन कि नाई यो सबैको चासोको बिषय भनेको छ । यदि जवरजस्ती शाक्यलाई हटाइएमा उनी अदालतमार्फत पुर्नस्थापित हुने कुरा भने निश्चित प्राय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य
बैशाख ५, २०८१ बुधबार
उद्घाटनमा तामझाम, आधा वर्ष वित्यो आएन पानी
चैत ३०, २०८० शुक्रबार
ब्रेक थ्रु भयो मंगले राहुघाटको १९०० मिटर लामो सुरुङ, लागत १४ अर्ब
चैत २९, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार