जीप ब्रेक फेल भई नालीमा पल्टिँदा नौ जना घाइते
नेपालबहस संवाददाता
साउन १९, २०७८ बुधबार २:४:२६
१९ साउन, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन् ।
हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
भिमकाली मोटरमार्ग १० दिन बन्द
तनहुँको भिमाद नगरपालिकाअन्तर्गत भिमकाली मोटरमार्ग १० दिन बन्द हुने भएको छ । उक्त मोटरमार्गको जिदीखोला–वंशान खण्डको शेरा उकालोमा सडक ढलान तथा कटिङ गरी बाटो फराकिलो बनाउन उक्त मोटरमार्ग साउन २० गतेदेखि २९ गतेसम्म बन्द गर्न लागिएको हो ।
बाटो बन्द हुने भएपछि नगरपालिकाले वैकल्पिक मार्गको रूपमा भिमाद जलौदी हुँदै सम्धी मार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार