तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
साउन २०, २०७८ बुधबार ११:५४:२६
वि.सं.२०७८ साल साउन २० गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– एकादशी, दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्रा । योग– व्याघात, रातको ०१ बजेर ५९ मिनेट उप्रान्त हर्षण । करण– बालव,दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष,दिउसो ३ बजेर १९ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २० पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- मिठो बोल्दा पनि बिपक्षीहरुले गलत अर्थ लगाई तपाईको साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नैहरुले रुपैपा पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । साझको समय राम्रो रहेकोले छोटो दुरिको यात्राको तय हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेको छ । साझपख समय राम्रो रहेकोले पढाईलेखाईमा मन जानेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- भौतिक सम्पतिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । साझको समयमा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यत्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । साझको समय राम्रो रहेकोले राजनीतिकर्मीको लागी शुभ रहनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । साझको समय राम्रो रहेकोल धार्मिक क्षेत्रको यात्रा हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यवसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया-प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । साझपख भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडी बढ्न सहज हुनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । साझको समय राम्रो रहेकोले ऋण,रोग तथा शत्रुको सामना गर्ने आट बढ्नेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । साझको समय राम्रो रहेकोले सन्तानको प्रगतीमा मन रमाउनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- उद्योग तथा उत्पादन मुलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । साझको समय मध्यम रहेकोले घरजग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार