११ आश्विन २०७८, सोमबार

शेयरबजारमा उच्च शेयरमूल्य भएको महिला लघुवित्तले गर्यो चौथो त्रैमासमा ९ करोड २९ लाख मुनाफा, ईपीएस कति ?

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार ०७:२८


२० साउन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ।

असार मसान्तसम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.८६ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७७.८८ प्रतिशत बढेको छ। लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा १० करोड रुपैयाँ छुट्याएको छ भने ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६६.६७ बढेको छ भने जगेडा कोष ७२.७२ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा १२१.९४ प्रतिशत बढेको छ भने निक्षेप ४०.५० प्रतिशत र कर्जा ९१.९६ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३५ रुपैयाँ १३ पैसा बढेर ९२ रुपैयाँ ९८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा