११ आश्विन २०७८, सोमबार
बालुवाटार

आज पनि सत्तारूढ कार्यदलको बैठक बस्दै

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार ०८:२१


२० साउन, काठमाडौं । आज पनि सत्तारूढ कार्यदलको बैठक बस्ने भएको छ ।  सरकारको न्युनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारूढ कार्यदलको बैठक बालुवाटारमा बस्दैछ।

मंगलबार बिहान र बेलुकी दुईपटक कार्यदल बैठक बालुवाटारमा बसेको थियो। सत्तारुढ गठबन्धन कार्यदलको बैठकले गठबन्धनका तर्फबाट सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन लागेको छ।

मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल बैठक क्रियाशील छ।

आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलकाे तयारी छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा