७ आश्विन २०७८, बिहीबार

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको आदर्श लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

प्रकाशित मिति :  २२ श्रावण २०७८, शुक्रबार १६:४२


२२ साउन, काठमाडौं । गत आवको चौथो त्रैमासमा आदर्श लघुवित्त वित्तीय संस्थाले १० लाख ५ हजार मुनाफा कमाएको छ ।

कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा १० लाख १७ हजार मुनाफा कमाएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा १ दशमलव १७ प्रतिशतले घटेको हो ।

चुक्तापूँजी  १ करोड ४० रहेको छ उक्त कम्पनीले जगेडामा  ६३ लाख ८६ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ९ करोड ८८ लाख ३३ हजार सापटि लिएर, ११ करोड ९० लाख २३ हजार निक्षेप संकलन गरेर  २३ करोड १४ लाख ३५ हजार कर्जा लगानी गरेको छ ।

कम्पनीले  ६० लाख बरावरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त गरेको छ ।

त्यसैगरी कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटललाई नियुक्त गरेको छ । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी  १ करोड ४० लाख रहेको छ ।  ६० लाख बराबरको आईपीओ निष्कासन पछि पूँजी २ करोड पुग्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा