७ आश्विन २०७८, बिहीबार
शेयरबजार

मञ्जुश्री फाइनान्सको मुनाफा ११५ दशमलव ८१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार १०:२५


२५ साउन, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको मुनाफा ११५ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो वर्ष २६ करोड ३२ लाख ४४ हजार मुनाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म ५६ करोड ८१ लाख १८ हजार यो मुनाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि ११३ दशमलव ६९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू। ३७ करोड ८७ लाख ७६ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष  ८० करोड ९३ लाख ९३ हजार यो नाफा गरेको हो ।

गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा भने ४८ करोड ५६ लाख २७ हजार रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा  ११ करोड ९४ लाख ७५ हजार थियो ।

गत वर्ष अघिल्लो वर्षभन्दा ५२ दशमलव ३६ प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ८४ करोड ८३ लाख ८३ हजार रहेको निक्षेप संकलन गत वर्ष  ८ अर्ब ९१ करोड ७ लाख ७० हजार रहेको छ । त्यस्तै अघिल्लो वर्ष ५ अर्ब ८८ करोड २९ लाख १९ हजार रहेको कर्जा प्रवाह गत वर्ष ६ अर्ब २० करोड ५० लाख ४३ हजार रहेको छ ।

अघिल्लो वर्ष ३ दशमलव २६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९२ प्रतिशत घटेर २ दशमलव ३४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू। ५८ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ १८० रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव १८ र प्रतिशेयर नेटवर्थ १४८ दशमलव ४ रहेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा