कृषकलाई दूधमा आत्मनिर्भर बनाउन १८ लाख अनुदान
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार १२:३४:५१
२६ साउन, दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए ।
सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गर्नुभएको छ भने सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् ।
सो सहकारीबाट वार्षिक रु १३ लाख लिटर दूध विक्री भएको थियो । “कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हौ, यस कार्यक्रमले यहाँका कृषक उत्साहित छन्,” उनले भने ।
सहकारीका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत् बन्दिपुरका अलवा आँबुखैरेनी र गोरखाको पालुङटारका कृषकले पनि दूध विक्री गर्दै आएको जानकारी दिए ।
गाउँपालिकाले बन्दिपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने ६१ कृषकलाई यसअगाडी रु एक लाख ६० हजार वितरण गरिसकेको छ । उक्त सहकारीमार्फत् दूध विक्री गर्नेले रु पाँच हजारदेखि रु २६ हजारसम्म अनुदान रकम पाएका छन् । उक्त सहकारीमार्फत् व्यास र भानुका कृषकले पनि दूध बिक्री गर्दै आएका छन् ।
उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताए । “गाईपालनमा ठूलो लगानी गरेका छौ, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ,” उनले भने ।
याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताए । “कृषकलाई प्रोत्साहन गर्न र अन्यलाई यसतर्फ आकर्षित गर्न गाउँपालिकाले ल्याएको योजना सकारात्मक छ, अनुदानको रकम अझ वृद्धि गर्नुपर्छ,” उनले भने।
बन्दिपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
एउटाबाट प्रहरीले सफाई दिएका गुरुङ अर्को सहकारी ठगीमा समातिए
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार