सूर्या लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा सुधार
नेपालबहस संवाददाता
साउन २८, २०७८ बिहिबार १६:२५:३७
२८ साउन, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ अर्ब १८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.९७ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा २३.०१ प्रतिशत बढेर ३२ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा २५.२५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ४३.५४ प्रतिशत र महाविपत्ति कोष ३३.७८ प्रतिशत बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितो बापत १ अर्ब १६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरी १० लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ।
खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको १४ रुपैयाँ २९ पैसा रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ९ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३६.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगोले बस्ती नै सखाप, ११० घर जले
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार