८ आश्विन २०७८, शुक्रबार

यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारण सभा सम्पन्न

प्रकाशित मिति :  १ भाद्र २०७८, मंगलवार ११:३३


१ भदौ, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि.को २७ औं वार्षिक साधारण सभा भर्चुअल माध्यममार्फत सम्पन्न भएको छ ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

साथै कम्पनीको आ.व ०७७/०७८ को आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी गरिएको हो।

कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औं वर्षमा कम्पनीले प्रकाशित गरेको आ.व. ०७७/०७८ को चौथो वित्तीय विवरणअनुसार कम्पनीले बीमा शुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा