७ आश्विन २०७८, बिहीबार

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी अब कनेक्ट आईपीएसमार्फत गर्न सकिने

प्रकाशित मिति :  २ भाद्र २०७८, बुधबार १८:०१


२ भाद्र, काठमाडौं । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईनबाटै कनेक्ट आईपीएस र ईपेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

बुधबार एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अनलाईन भुक्तानी सेवाको थालनी गरिएको हो ।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अन्लाईनबाटै आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा